नयाँ दिल्ली: कोलम्बियाई फूटबलका सबैभन्दा चर्चित नामहरूमा सामेल जेम्स रोड्रिगेजले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे। ३५ वर्षीय रोड्रिगेजले १५ सालसम्म कोलम्बिया राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेपछि आफ्नो यात्रालाई विराम दिए। उनको अन्तर्राष्ट्रिय करियर उतार-चड़ाउले भरिएको रह्यो तर २०१४ विश्व कपमा प्रदर्शनले उनलाई विश्वका शीर्ष फूटबल नक्षत्रहरूमा सामेल गऱ्यो। रोड्रिगेजले सोशल मीडियामा साझा गरेको भीडियोमा आफ्नो फसेलाको जानकारी दिएका छन्। उनले भने, आज म तपाईंहरूसँग मनको कुरा गर्न चाहन्छु। धेरै साल, धेरै म्याच, खुशी र मुश्किलको पलहरू देखेपछि अब मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण अध्यायहरूमा एक- कोलम्बियाई राष्ट्रिय टोलीसँग मेरो यात्रालाई विराम दिने समय आएको छ। यस जर्सीलाई लगाउने मेरो एउटा सपना थियो तर यो एउटा ठूलो जिम्मेवारी पनि थियो। मैदानमा ओर्लिँदा म केवल आफ्नो निम्ति नखेलिरहेको मलाई थाहा थियो। म आफ्नो परिवार, आफ्ना साथीहरू र ती हजारौं कोलम्बियाई मानिसहरूका निम्ति खेलिरहेको थिएँ, जसले हाम्रो माध्यमले सपना देख्थे। उल्लेखनीय छ, रोड्रिगेजले अक्टोबर २०११-मा बोलिभियाविरुद्ध म्याचको साथ अन्तर्राष्ट्रिय फूटबलमा पदार्पण गरेका थिए। त्यसपछि उनी समयको साथ कोलम्बियाई टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाड़ीहरूमा सामेल भए। मीडफिल्डर र विंगरको भूमिकामा खेल्ने रोड्रिगेजले कोलम्बियाको निम्ति जम्मा १३१ वटा म्याच खेलेर ३१ वटा गोल गर्नको साथै ४३ वटा असिस्ट गरे। यस अवधि उनले राष्ट्रिय टोलीको कप्तानी पनि गरे। उनको करियरको एउटा ठूलो उपलब्धि २०२४-को कोपा अमेरिकी रह्यो, जहाँ उनले कोलम्बियालाई फाइनलसम्म पुऱ्याए। टुर्नामेण्टमा कोलम्बिया उपविजेता रहेको थियो। रोड्रिगेजको करियरको सबैभन्दा यादगार चरण २०१४ फिफा विश्व कप रह्यो। ब्राजीलमा भएको त्यस विश्व कपमा उनले ५ वटा म्याचमा ६ गोल गरेर गोल्डन बूट पनि जितेका थिए। उरुग्वेविरुद्ध राउण्ड अफ १६-को म्याचमा रोड्रिगेजको दर्शनीय भली गोललाई टुर्नामेण्टको सबैभन्दा यादगार गोलहरूमा एउटा मानिन्छ। उनको त्यस प्रदर्शनले विश्वका नामी-दामी क्लबहरूको ध्यान आकर्षित गरेको थियो अनि रोड्रिगेजले रियल म्याड्रिडबाट खेल्ने मौका पाएका थिए। रोड्रिगेजले जर्मनीको क्लब बायर्न म्यूनिखबाट पनि खेले। यसबाहेक यूरोप, मध्य-पूर्व र अमेरिकाका अलग-अलग क्लबहरूमा उनको यात्रा जारी रह्यो। क्लब स्तरमा टोलीहरू र प्रदर्शनमा बद्लाउ आइरहे पनि कोलम्बियाको राष्ट्रिय टोलीमा उनको भूमिका लामो समयसम्म महत्त्वपूर्ण बनिरह्यो। रोड्रिगेजले २०१८ विश्व कपमा पनि कोलम्बियाको प्रतिनिधित्व गरे। त्यसपछि उनले यस साल भएको विश्व कपमा पनि कोलम्बियाको जर्सी लगाए अनि यही उनको अन्तिम विश्व कप पनि साबित भयो। फिफा विश्व कप २०२६-मा उनको अन्तर्राष्ट्रिय यात्रा राउण्ड अफ १६-मा स्विट्जरल्याण्डविरुद्ध म्याचमा हारको साथ समाप्त भयो। त्यस म्याचमा कोलम्बियाले पेनल्टी शूटआउटमा हारको सामना गर्नु परेको थियो। रोड्रिगेजले बताएअनुसार, कोलम्बियाको जर्सीमा उनी आफ्नो यात्रासँग सन्तुष्ट छन्। उनले भने, म शान्तिको साथ बिदा लिइरहेको छु कारण मैले आफ्नो सबैथोक दिएँ। हरेक पलको निम्ति धन्यवाद, कोलम्बिया। रोड्रिगेजले अब क्लब फूटबलमा आफ्नो पूरा ध्यान दिनेछन्। उनी हालै कोलम्बियाई क्लब एट्लेटिको नेशनलमा सामेल भएका छऩ्। यसअघि उनले २००८-मा एनविगाडोको निम्ति कोलम्बियामा क्लब फूटबल खेलेका थिए।





