देशकै पहिलो ‘प्रधानमन्त्री विश्वकर्मा स्टल’ लोवर साम्दोङमा उद्घाटन

Screenshot_20260916_010119_Facebook

परम्परागत कारीगर र स्थानीय उद्यम प्रवर्द्धनमा जोड

​गान्तोक: प्रधानमन्त्री विश्वकर्मा योजनाअन्तर्गत राक्दोङ तिन्तेक खण्ड विकास कार्यालय, वाणिज्य तथा उद्योग विभाग र सूक्ष्म, साना तथा मध्यम उद्यम (एमएसएमई) मन्त्रालयको सहकार्यमा मंगलबार लोवर साम्दोङस्थित एनएचपीसी सभागारमा प्रधानमन्त्री विश्वकर्मा स्टलको उद्घाटन कार्यक्रम सम्पन्न भयो। ‘कारीगरलाई सशक्त बनाउँदै, धरोहर संरक्षण गर्दै र स्थानीय उद्यम प्रवर्द्धन गर्दै’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा देशमै पहिलोपटक प्रधानमन्त्री विश्वकर्मा स्टल स्थापना गरिएको जानकारी दिइयो।

​कार्यक्रममा क्षेत्र विधायक साम्डुप भोटिया मुख्य अतिथि तथा गान्तोक जिल्लाका जिल्ला अध्यक्ष बलराम अधिकारी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। मुख्य अतिथि भोटियाले कारीगरहरूलाई तालिम, ब्रान्ड निर्माण र सरकारी सहयोगको पूर्ण उपयोग गर्दै आत्मनिर्भर बन्न र युवाहरूलाई रोजगारी सिर्जना गर्ने उद्यमी बन्न आह्वान गर्नुभयो। जिल्ला अध्यक्ष अधिकारीले यो स्टल युवाहरूलाई आत्मनिर्भर बनाउने र ‘विकसित भारत २०४७’ को लक्ष्य पूरा गर्ने माध्यम बन्ने बताउनुभयो। एमएसएमईका निर्देशक एम. रवि कुमारले योजनाअन्तर्गत बिना धितो ३ लाख रुपियाँसम्मको ऋण, भत्तासहितको तालिम र १५ हजार रुपियाँको औजार प्रोत्साहनबारे जानकारी दिनुभयो। समारोहमा ५ जना लाभार्थीलाई सम्मान तथा आवण्टन पत्र प्रदान गरियो।

About Author

Advertisement