टी२० वर्ल्ड कपः आयरल्याण्ड विरुद्ध ईंग्ल्याण्डको निराशाजनक हार

IMG_20221026_153132.jpg

२६ अक्टोबरः आयरल्याण्डले ओपनर एण्ड्रू बालबर्नी (६२)-को अर्द्धशतक अनि पछिबाट बलरहरूका असल प्रदर्शनको सहायताले आईसीसी टी२० वर्ल्ड कपको वर्षावाधित म्याचमा शक्तिशाली ईंग्ल्याण्डलाई डकवर्थ लुइस नियमद्वारा ५ रनले पराजित गऱ्यो। वर्षाले गर्दा ढिलो गरी शुरु भएको सुपर १२ राउण्डको म्याचमा आयरल्याण्डले ईंग्ल्याण्डलाई १५८ रनको लक्ष्य दिएको थियो। जवाफमा ईंग्ल्याण्डले १४.३ ओभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको समय फेरि वर्षा शुरु भयो अनि म्याच हुन सकेन। डकवर्थ लुइस नियम अनुसार ईंग्ल्याण्डले जीतको निम्ति १४.३ ओभरमा ११० रन बनाउनु थियो। निर्धारित समयसम्म वर्षा नरोकिँदा म्याच त्यही समाप्त गरियो अनि आयरल्याण्डले ५ रनले महत्त्वपूर्ण जीत हासिल गऱ्यो। लक्ष्यलाई खेदो गर्दै दुईजना ओपनर जोस बटलर (०) र एलेक्स हेल्स (७)-लाई शुरुमै गुमाएपछि ईंग्ल्याण्डले तेजीको साथ रन बटुल्न सकेन। डाविड मलान (३७ बलमा ३५ रन) र मोईन अली (अविजित २४)-ले प्रयास गरे पनि टीमलाई जिताउन सकेनन्। बेन स्टोक्स ६ अनि हेरी ब्रूक १८ रन बनाएर आउट भए। आयरल्याण्डका बलरहरूमा जोस लिटलले २ विकेट लिए।

यसअघि आयरल्याण्डबाट कप्तान बालबर्नीले ४७ बलमा ५ वटा चौका र २ वटा छक्काको सहायताले सर्वाधिक ६२ रन बनाए। यसबाहेक लोर्कन टकरले ३४ रन बनाए। प्लेयर अव् द म्याच रहने बालबर्नीले टकरसँग मिलेर दोस्रो विकेटको निम्ति ८२ रनको साझेदारी गरे। आयरल्याण्डले अन्तिम ओभरहरूमा लगातार विकेट गुमाउँदा तेजीको साथ रन बनाउन सकेन। यसैकारण टीम १९.२ ओभरमा १५७ रन बनाएर अलआउट भयो। ईंग्ल्याण्डका बलरहरूमा मार्क वुडले सर्वाधिक ३ विकेट लिए। यसबाहेक सेम करनले २ वटा सफलता हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement