मिरिक। आउँदो ३० अक्तोबर देखि दार्जीलिङको मानेभञ्ज्याङ्बाट बिश्वकै साहसिक हिमालयन हन्ड्रेड माइल स्टेज रेसको तिसौ संस्करण को शुरूवात हुने भएको छ। यस आशयको जानकारी स्टेज रेसका रेस डाइरेक्टर सिएस पाण्डेले दिएका छन्। मिरिकमा आज सम्पन्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पाण्डेले यस दौडमा बिश्वका विभिन्न देशहरु जस्तै – स्वीटजरल्याण्ड , अस्ट्रिया, फ्रान्स, नर्वे, सिङ्गापुर, फिलिपिन्स, इङ्गल्यान्ड, मलेसिया, लगायत भारतका धावकहरुले अंश ग्रहण गर्ने बताए। उनले बिश्वकै सुन्दर अनि साहसिक दौडकोरुपमा परिचित यस दौडमा पुरुषबर्गमा सर्वाधिक वृद्ध धावकको रुपमा ८१ बर्सीय सर हर्लमुट लिन्जबिचलर रहेका छन् भने महिला बर्गमा ७५ बर्सीय ब्रीगग लिन्जबिचलर रहेकी छन् भने फिलिपिन्सका ३८ बर्सीय जेनिफर भुटुक सबैभन्दा कम उमेरका धावक रहेका छन्। दार्जिलिङको सिहलिला राष्ट्रिय उधान क्षेत्रको संरक्षण एवं सम्बर्द्धन साथै संस्कृतिक गौरवलाई बचाई राख्नको निम्ति बितेको २९ बर्ष देखि लगातार वार्षिक रुपमा आयोजन हुँदै आएको उक्त दौडको समापन आउँदो ३ नोभेम्बरको दिन भब्यरुपमा हुने जानकारी रेस डाइरेक्टर पाण्डेले दिएका छन्।