टी२० वर्ल्ड कपः स्टोइनिसको रेकर्ड ईनिंग्सले अष्ट्रेलियाको जीत

IMG-20221026-WA0103.jpg

२६ अक्टोबरः आईसीसी टी२० वर्ल्ड कपको आफ्नो दोस्रो म्याचमा आयोजक अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गऱ्यो। टीमको यस जीतमा अलराउण्डर मार्कस स्टोइनिसको महत्त्वपूर्ण भूमिका रह्यो। उनले म्याचमा विध्वंशी मिजासमा ब्याटिंग गर्दै केवल १८ बलमा अविजित ५९ रन बनाए। उनले आफ्नो अर्द्धशतकीय ईनिंग्समा ३२७.७८-को प्रभावशाली स्ट्राईक रेटले खेल्दै ६ वटा छक्का र ४ वटा चौका लगाए। उनले यस अवधि केवल १७ बलमा आफ्नो अर्द्धशतक पूरा गरे अनि टीमलाई १६.३ ओभरमै जीत दिलाए। आफ्नो पहिलो म्याचमा न्यूजील्याण्ड विरुद्ध निराशाजनक हारको सम्मुखीन हुने अष्ट्रेलियालाई स्टोनिसको विध्वंशी ब्याटिंगले फाइदा भयो अनि टीमको नेट रन रेटमा धेरै सुधार आएको छ।

म्याचमा तेज अर्द्धशतकको साथ स्टोइनिसले केही रेकर्ड पनि बनाए। उनी टी२० वर्ल्ड कपको इतिहासमा दोस्रो सबैभन्दा तेज अर्द्धशतक बनाउने खेलाड़ी बने। यस मामिलामा भारतका युवराज सिंह पहिलो नम्बरमा छन्। युवराजले २००७-को वर्ल्ड कपमा ईंग्ल्याण्ड विरुद्ध केवल १२ बलमा अर्द्धशतक बनाएर सबैलाई चकित पारेका थिए। यसको साथमा स्टोइनिस टी२० इण्टरनेशनलमा अष्ट्रेलियाको तर्फबाट सबैभन्दा तेज अर्द्धशतक बनाउने क्रिकेटर बने। यस मामिलामा उनले डेविड वार्नर र ग्लेन म्याक्सवेलको रेकर्ड तोड़े। वार्नर र म्याक्सवेलले १८ बलमा अर्द्धशतक बनाएका थिए। स्टोइनिसले त्यसभन्दा १ बल कम्ती खेलेर रेकर्ड आफ्नो नाम गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement