सिक्किम बीजेपीद्वारा हरितालिका तीजको शुभकामना व्यक्त

FB_IMG_1789392814766

​गान्ताेक: भारतीय जनता पार्टी (बीजेपी) सिक्किम प्रदेश समितिले हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा समस्त राज्यवासीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।
​सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै बीजेपी सिक्किमले तीजलाई चेली-माइतीको पवित्र सम्बन्ध र दिदीबहिनीहरूको खुसीयाली झल्काउने पावन पर्वका रूपमा स्मरण गरेको छ।
​पार्टीद्वारा जारी सन्देशमा भनिएको छ, “तीजको पर्वले सबैमा खुसीयाली, सुख-शान्ति अनि समृद्धिका साथै सुस्वास्थ्य लिएर आवोस भन्ने हार्दिक कामना गर्दछौँ।” पार्टीले सन् २०२६ को तीज पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सांस्कृतिक सद्भाव र पारिवारिक एकता कायम राख्न आह्वान समेत गरेको छ।

About Author

Advertisement