असम: गणेश चतुर्थीमा मुख्यमन्त्री सरमाको शुभकामना

Screenshot_20260914_161815_Facebook

‘सबै बाधा हटून्, हरेक परिवार सुख–शान्ति र समृद्धिले भरियोस्’

गुवाहाटी: पवित्र गणेश चतुर्थीको अवसरमा असमका मुख्यमन्त्री हेमन्त विश्व सरमाले समस्त असमवासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै भगवान् श्रीगणेशसँग सबैको सुख, शान्ति, समृद्धि र सफलताको कामना गरेका हुन्।
मुख्यमन्त्री सरमाले मंगलमूर्ति भगवान् श्रीगणेशको आशीर्वादले सबैको जीवनमा रहेका बाधा–विघ्न हटून् र प्रत्येक परिवार सुख, शान्ति तथा समृद्धिले भरिपूर्ण बनोस् भन्ने प्रार्थना गरेका छन्।
उनले प्रत्येक व्यक्तिले लिएका नयाँ संकल्पहरू सफल होऊन् र गणेश भगवान्को कृपाले जीवनमा नयाँ आशा तथा सम्भावनाको सञ्चार होस् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन्।
गणेश चतुर्थी हिन्दू धर्मावलम्बीहरूले भगवान् गणेशको पूजा–आराधना गरी मनाउने महत्वपूर्ण पर्व हो। यस अवसरमा मुख्यमन्त्री सरमाको सन्देशले असमवासीको जीवनमा सकारात्मकता, आशा र समृद्धिको कामना गरेको छ।

About Author

Advertisement