कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

IMG_20221026_110426.jpg

सिलगढी: सिलगढी जलपाईगुडी राष्ट्रिय राजमार्गमा गएराति जलपाईगुडी जिल्लाको राजगञ्जमा एक दर्दनाक सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुबै मोटरसाइकलमा घर फर्कदै गर्दा तिब्र गतिको कन्टेनरले मोटरसाइकललाई ठक्कर दिएको थियो। स्थानीयका अनुसार दुवैको घटनास्थलमै मृत्यु भएको हो। जसमध्ये एक जना गोपाल दास सरियमका बासिन्दा हुन् भने अर्का जलपाईगुडी सदर ब्लकको पांगाबाटला इलाकामा बस्दै आएका छन्। दुर्घटनाको सूचना पाएर राजगञ्ज थानाको प्रहरी घटनास्थलमा पुगेर शव बरामद गरी अस्पताल पठाएको छ। पोस्टमार्टम। यता स्थानीयवासीले ट्राफिक व्यवस्था सुधारको माग गर्दै प्रहरी अगाडि प्रदर्शन गरेका छन्। घटनापछि सडकमा केही समय यातायात अवरुद्ध भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement