वाहनको टक्करले एकजना व्यक्तिको मृत्यु

Death-Image-Rep-copy

गान्तोक: रिनाक थाना क्षेत्र अन्तर्गत राम मन्दिरमुनि पुरानो पेट्रोल पम्प छेउ राष्ट्रिय राजमार्ग ७१७ए मा वाहनको टक्करले एकजना व्यक्तिको मृत्यु भयो। मृतकको नाम अशरफुल हक रहेको बताइएको छ। ४० वर्षीय मृतक पश्चिम बंगालको भागलपुर, मुर्शिदाबाद निवासी थिए। पुलिस रिपोर्ट अनुसार, हिजो दिउॅंसो लगभग दुई बजी एक व्यक्तिलाई गाडीले हिर्काएको सूचना प्राप्त भयो। घटनास्थलमा पुगेर हेर्दा एकजना व्यक्तिलाई बाटोमा अचेत अवस्थामा पाइयो। उसलाई स्थानीय मानिसहरूले बॉंसघारीबाट निकालेर बाटोमा ल्याएका थिए। उसलाई विकास प्रधानले चलाएको वाहनले हिर्काएको बताइयो।
जॉंचको क्रममा पुलिसले वाहन जफत गरेर आरोपित व्यक्तिलाई पक्राउ गरेको छ। आरोपित व्यक्ति विरूद्ध आईपीसीको धारा २७९/३०४ अन्तर्गत मामिला दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement