रेनबो एथलेटिक क्लबको ट्रायल्स २९ अक्टोबरमा

IMG-20221025-WA0224.jpg

२५ अक्टोबरः प्रतिभाशाली युवा खेलाड़ीहरूका निम्ति सुनौलो मौका लिएर अघि आएको छ रेनबो एथलेटिक क्लब। कलकत्ताको यस प्रीमियर डीविजन क्लबले कालेबुङको शेयर फूटबल क्लबसँग साझेदारीमा एआईएफएफ एलीट युथ आई-लीगको निम्ति खेलाड़ीहरू चयन गर्न कालेबुङमा ट्रायल्सको आयोजन गर्नेछ। आउँदो २९ अक्टोबरको दिन एरिक बेञ्जमिन मैदान (सेण्ट अगस्टिन स्कूल मैदान, कालेबुङ)-मा बिहान १० बजीदेखि शुरु हुने ट्रायल्समा १ सेप्टेम्बर २००६-देखि ३१ दिसम्बर २००८-बीच जन्मिएका खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्। चयन गरिएका खेलाड़ीहरूलाई रेनबो एथलेटिक क्लबको तर्फबाट रेसिडेन्सियल सुविधाहरूका साथमा सम्पूर्ण स्कलरशीप प्रदान गरिनेछ।
अधिक जानकारीको निम्ति सम्पर्क गर्नुहोस्ः
७५५०९६९२८२
९६४७८४२७७३
९८३२३७२०७०

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement