रेनबो एथलेटिक क्लबको ट्रायल्स २९ अक्टोबरमा

IMG-20221025-WA0224.jpg

२५ अक्टोबरः प्रतिभाशाली युवा खेलाड़ीहरूका निम्ति सुनौलो मौका लिएर अघि आएको छ रेनबो एथलेटिक क्लब। कलकत्ताको यस प्रीमियर डीविजन क्लबले कालेबुङको शेयर फूटबल क्लबसँग साझेदारीमा एआईएफएफ एलीट युथ आई-लीगको निम्ति खेलाड़ीहरू चयन गर्न कालेबुङमा ट्रायल्सको आयोजन गर्नेछ। आउँदो २९ अक्टोबरको दिन एरिक बेञ्जमिन मैदान (सेण्ट अगस्टिन स्कूल मैदान, कालेबुङ)-मा बिहान १० बजीदेखि शुरु हुने ट्रायल्समा १ सेप्टेम्बर २००६-देखि ३१ दिसम्बर २००८-बीच जन्मिएका खेलाड़ीहरूले हिस्सा लिन सक्नेछन्। चयन गरिएका खेलाड़ीहरूलाई रेनबो एथलेटिक क्लबको तर्फबाट रेसिडेन्सियल सुविधाहरूका साथमा सम्पूर्ण स्कलरशीप प्रदान गरिनेछ।
अधिक जानकारीको निम्ति सम्पर्क गर्नुहोस्ः
७५५०९६९२८२
९६४७८४२७७३
९८३२३७२०७०

About Author

Advertisement