ऐतिहासिक ८८औँ काली पूजा मेलाको उद्घाटन सम्पन्न

ccfb423e-296b-4293-91b7-edef359f716d

कालचिनी – भारत स्वाधीनता अघि प्रायः १९३४ सालदेखि हेमिल्टनगञ्जमा लाग्ने ऐतिहासिक काली पूजा मेलाले यसपाली ८७ बर्षपूर्ति गरेर ८८ बर्ष टेकेको छ। विगत २०२०-२१ सालको तिहारमा कोरोना महामारीको कारण सो मेलाको आयोजना गर्न नसकिए तापनि यसपाली ८८औँ ऐतिहासिक काली पूजा मेलाको सम्पूर्ण तयारी भएकोले आज उक्त ऐतिहासिक काली पूजा मेलाको उद्घाटन अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणा लगायत कालचिनी बीडीओ प्रशान्त बर्मनको प्रमुख उपस्थितिमा गरियो। उक्त अवसरमा जिल्ला शासक सुरेन्द्रकुमार मीणा र कालचिनी बीडीओ प्रशान्त बर्मन लगायत लोथाबारी ग्राम पञ्चायतका प्रधान सोनाली दास चक्रवर्ती, एवम् कालचिनी र हेमिल्टनगञ्ज व्यावसायी समितिको प्रतिनिधिहरू एवम् काली पूजा मेला कमिटीको पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

जिल्ला शासक र बीडीओको बाहुलीबाट परेवा उड़ाएर शान्तिको सन्देश दिँदै एवम् मेला कमिटीको झण्डा उत्तोलन एवम् फिता काटेर दीप प्रज्वलन गर्दै आजदेखि ऐतिहासिक काली पूजा मेलाको उद्घाटन भएको घोषणा गरिएको थियो। सो अवसरमा अलिपुरद्वार जिल्ला शासक सुरेन्द्रकुमार मीणाले मेला एकदमै पुरानो औ ऐतिहासिक रहेकोले यसमा प्रत्येक साँझ प्रायः हजार भन्दा अधिक मानिसहरुको भीड़ लाग्ने हुनाले पुलिस प्रशासन मार्फत सुरक्षाको व्यवस्था गरिएको र मेला शान्तिपूर्वक सम्पन्न होस भन्ने कामना रहेको जनाएका छन्। मेला कमिटीको पक्षबाट प्राणकुमार सरकार, परिमल सरकार, सुकोमल घोष र रतन ब्यानर्जीले मेलामा मनोरञ्जनको निम्ति सर्कस लगायत विभिन्न रोटेपिङ र स्टलहरूको व्यवस्था रहेको र यसपाली कुनै राजनैतिक रंगलाई समावेश नगरी प्रशासनिक अधिकारीहरूको उपस्थितिमा मेलाको उद्घाटन सम्पन्न गरिएको जनाएका छन्। आगामी १२ दिनसम्म मेला रहने आयोजक कमिटीको सदस्यहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement