कालचिनी – फेमिली प्लानिङ एसोसिएसन अफ इण्डिया कालचिनी शाखाद्वारा आज कालचिनी खण्डको निमती राभा बस्तीमा इन्टरनेशनल डे फर डिजास्टर रिस्क रिडक्सन पालन गरिएको जानकारी एफपीएआई कालचिनी शाखाको प्रबन्धक तुषार चक्रवर्तीले दिएका छन्। आज अर्ली वार्निङको थीममा सो दिवस पालन गर्दै गाउँलेहरूलाई मूलतः प्रजनन सचेतनामाथि जोड़ दिँदै जोखिम सतर्कता लिएर कार्यक्रम सम्पन्न गरिएको तुषार चक्रवर्तीले जनाएका छन्।

सो अवसरमा एफपीएआई कालचिनी शाखाको काउन्सिलर छन्दा चक्रवर्ती एवम् स्टाफहरूको उपस्थिति रहेको थियो। मूलतः आज राभा बस्तीमा प्राकृतिक प्रकोपको बेला वृद्धा, गर्भवती महिला अनि दिव्याङ्गहरूलाई उद्धार गर्न एउटा समूहको गठन पनि गरिएको र सो समूहले सरकारी प्रकल्पको राहत दिलाउन काम गर्ने पहल गर्ने जनाएका छन्।