दार्जीलिङ: बिजनबारीको लामा गाउँमा अग्नि पिडित फुर्बा शेर्पासित भेट गर्न पुगे हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्ड। यसावधि उनले अग्निपिढीत फुर्बा शेर्पाको परिवारलाई दिए आर्थिक सहयोग। हिज सोमबार बिहान साढे ७ बजीतिर बिजनबारीको रेलिङ मिडल लामा गाउँ निवासी फुर्बा शेर्पाको घरमा आगो लाग्दा घर जलेर स्वाहा भएको खबर हाम्रा पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डलाई रेलिङ क्षेत्रको हाम्रो पार्टीको कार्यकर्ता अशोक सुब्बाको माध्यमद्वारा खबर पाएपछि आज बिहान उनी रेलिङ मिडल लामा गाउँ निरीक्षणमा पुगेका थिए अनि अग्नि पिडित फुर्बा शेर्पा अनि उनको परिवारको सदस्यहरूसँग भेट गरेका छन्। अग्नि पिडित फुर्बा शेर्पा र उनको परिवारसंगको कुराकानीमा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डले अग्नि पिडित फुर्बा शेर्पालाई आर्थिक सहयोग प्रदान गरेका छन् साथै आगामी दिनहरूमा नयाँ घर बनाउने योजना बनाएको खण्डमा घर निर्माणमा पनि सहयोग गर्ने वचन दिएका छन्। यसावधि हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डसंटँग दार्जीलिङ नगरपालिकाको नगरपार्षद मणि लामा, क्षेत्रीय पार्टी कार्यकर्ता अशोक सुब्बा आदि उपस्थित रहेका थिए। अग्नि पिडित फुर्बा शेर्पा अनि उनको परिवारले हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डप्रति आभार प्रकट गरेका छन्।