पटेखाबाट निस्केको झिल्काले दार्जिलिङको के बिल्डिङमा आगो लागे पनि ठूलो घटना हुनबाट जोगियो

IMG-20221025-WA0203.jpg

दार्जीलिङ: हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डले अग्नि ग्रस्त घरको भ्रमण गरेका छन्। हिज सोमबार राती दार्जीलिङ नगरपालिकाको के बिल्डिङमा आगो लाग्दा सनसनी मच्चिएको थियो। आगो लागेको खबर पाउनसाथ दार्जीलिङ नगरपालिकाको भाइस चेयरम्यान याङ्जी शेर्पा घटना स्थलमा पुगेर दमकल विभागमा फोन गरेर दमकल गाडीले आगो निभाउने काम गरेको थियो। घटनाको जानकारी हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डलाई पनि भाइस चेयरम्यान याङ्जी शेर्पाले तुरून्तै दिएको हुनाले आज बिहान हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवार्डले घटना स्थलको भ्रमण गरेका छन्। यस अवधि दार्जीलिङ नगरपालिकाको नगरपार्षद मणि लामा,सभासद रोबर्ट छेत्री आदि पनि सामेल रहेका थिए। दार्जीलिङ नगरपालिकाको उक्त के बील्डिङको एउटा घरमा गद्दा उर्फ पुरानो कागजहरू आदि राखेका थिए। हिज सोमबार दिपावालीको पर्व परेको हुनाले पटेखा आदि पडकाउँदा त्यसबाट निस्केको आगोको झिल्काले उक्त गद्दा उर्फ पुरानो कागजको थुप्रोमा आगो लागेको थियो। दार्जीलिङ नगरपालिकाको उक्त के बिल्डिङ शहरबीच भएको हुनाले मानिसहरूबीच सनसनी छाएको थियो। तर दार्जीलिङ नगरपालिकाको बुद्विमानी कार्यले गर्दा ठूलो दुर्घटना हुनदेखि दार्जीलिङ शहर जोगिएको नगरवासीहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement