टी२० वर्ल्ड कपमा निराशाजनक प्रदर्शनपछि पद छोड़्न वाध्य भए वेष्ट इण्डिजका प्रशिक्षक सिमन्स

IMG-20221025-WA0196.jpg

२५ अक्टोबरः वेष्ट इण्डिज क्रिकेट टीमका मुख्य प्रशिक्षक फिल सिमन्सले आईसीसी टी२० वर्ल्ड कपको शुरुवाती राउण्डमै बाहिर भएपछि आफ्नो पदबाट राजीनामा दिएका छन्। क्रिकेट वेष्ट इण्डिजको तर्फबाट सोमवार जारी बयानमा सिमन्सले भनेका छन्, यसले टीम मात्र नभएर ती राष्ट्रहरूलाई पनि दुःख पुगेको कुरालाई म स्वीकार गर्छु, जसको हामी प्रतिनिधित्व गर्छौं। सही मौकामा प्रदर्शन गर्न नसक्नु साँच्चै निराशाजनक कुरा हो। उल्लेखनीय छ, टी२० वर्ल्ड कपको शुरुवाती चरणमा आफ्नो ग्रुपको सबैभन्दा तल्लो स्तरको टीम हुँदा वेष्ट इण्डिजले सुपर १२ राउण्डमा स्थान बनाउन सकेन। वेष्ट इण्डिजले आफ्नो दोस्रो म्याचमा जिम्बाब्वेलाई पराजित गरे पनि टीमले पहिलो अनि तेस्रो म्याचमा क्रमशः स्कटल्याण्ड र आयरल्याण्ड विरुद्ध हारको सामना गर्नु पऱ्यो।
सिमन्सले भने, हामीले असल प्रदर्शन गरेनौं। अब हामीले एउटा टुर्नामेण्टलाई घरमा बसेर हेर्नु पर्नेछ, जसको हामी हिस्सा छैनौ। यस्तो मैले सोचेको पनि थिइनँ अनि यसको निम्ति म आफ्ना प्रशंसकहरूसँग माफी माग्छु। यो हतारमा लिइएको फसेला होइन तर यसबारे मैले लामो समयदेखि सोचविचार गरिरहेको थिएँ। अष्ट्रेलिया विरुद्ध टेस्ट सीरीजपछि म वेष्ट इण्डिज टीमको प्रशिक्षक पद छोड़्नेछु। सिमन्सलाई अक्टोबर २०१९-मा वेष्ट इण्डिज टीमका मुख्य प्रशिक्षक बनाइएको थियो। यसअघि उनी २०१६-मा टी२० वर्ल्ड कप विजेता वेष्ट इण्डिज टीमका प्रशिक्षक थिए। उनको दोस्रो कार्यकालको अवधि टीमले टेस्ट क्रिकेटमा असल प्रदर्शन गरे पनि टी२० प्रारूपमा कहानी अलग रह्यो। टी२० वर्ल्ड कप २०२१-मा वेष्ट इण्डिजले आफ्नो पाँचमा चारवटा म्याच हारेको थियो जबकि गत हप्ता टीमले तीनमा दुईवटा म्याच हारेर टुर्नामेण्टबाट बिदा लियो। सिमन्सले बताएअनुसार, पद छोड़्न अघि उनी टी२० वर्ल्ड कपको अवधि भएको गल्तीहरूका समीक्षा बैठकमा हिस्सा लिनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement