दार्जिलिङ: घुम जोरबङ्लो महाविद्यालयका विद्यार्थी प्रान्सिस तामाङ पाँच बङ्गाल बटालाइन एनसीसीका सिनियर अफिसर हुन्। उनी दोस्रो माइल, गड्डीखान निवासी उनले एनसीसीमा राम्रो उपलब्धिहरू हाँसिल गरी महाविद्यालयलाई नै गौरवान्वित तुल्याएका छन्। उनले अगस्ट महिनामा आइजीसी स्वस्थ्यका लागि सिल्भर मेडल हासिल गरेका थिए भने पश्चिम बङ्गाल र सिक्किमका क्याडेटअन्तर्गत सर्वोत्तम क्याडेट उपाधि पनि ग्रहण गरे। त्यसरी नै दिल्लीमा अवस्थित राष्ट्रिय क्याम्पमा एआइएसटिओ २०२२ मा उनले म्याप रिडिङका लागि स्वर्ण पदक हासिल गरेका छन्। उनले प्राप्त गरेका यस्ता निरन्तर उपलब्धिका लागि महाविद्यालयले उनलाई सम्मान पनि जनाएका छन्। महाविद्यालय पक्षबाट उनलाई आशिर्वाद एवम् शुभकामना प्रदान गरिएको छ।