खरसाङको अप्पर सिरूबारीमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG-20220530-WA0181.jpg

खरसाङ: खरसाङको अप्पर सिरूबारीमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। अप्पर सिरूबारी समाज सेवा समिति, भारतीय रेडक्रस सोसाइटी र खरसाङ महकुमा अस्पतालको तत्वावधानमा अप्पर सिरूबारीमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भयो। भारतीय रेडक्रस सोसाइटीको तर्फबाट डा एके बारूई र टोली, खरसाङ अस्पतालको तर्फबाट डा साह र रुबी मण्डल उपस्थित रहेका थिए। उक्त शिविरमा बिरामीहरूलाई निःशुल्क दबाई वितरण पनि गरिएको छ। उक्त शिविरमा अप्पर सिरूबारी लगायत वरिपरिका क्षेत्रहरूबाट लगभग २०० भन्दा अधिक बिरामीहरूले स्वास्थ्य जाँच गराएका थिए। उक्त शिविरमा दबाईहरू नि:शुल्क रुपमा प्रायोजित गरेकोमा खरसाङ महकुमा अस्पतालको डा रूमी मण्डललाई समाजको तर्फबाट धन्यवाद दिइएको छ। यस नि:शुल्क स्वास्थ्य जाँच शिविरमा भारतीय रेड क्रस सोसाईटीको तर्फबाट बिजय सिन्चुरीले खरसाङको अप्पर सिरूबारीस्थित समाज घरमा भारतीय रेड क्रस सोसाईटी, खरसाङ महकुमा अस्पताल र समाज सेवा समिति अप्पर सिरुबारीको आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको र उक्त शिविरमा यसमा अप्पर सिरुबारी लगायत वरिपरिका मानिसहरूले लाभ उठाएको बताएका छन्। उनले समाजका सबै पदाधिकारीहरूलाई सफलतापूर्वक स्वास्थ्य जाँच शिविर सम्पन्न गराउन सहयोग गरेकोमा ईण्डियन रेड क्रस सोसाईटीको तर्फबाट आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement