रम्बुकवासीलाई हाम्रो पार्टी द्वारा तिहारको उपहारस्वरुप जीर्ण बाटोको मरमत्ति गरिदिए

photocollage_20221025165559649.jpg

दार्जिलिङ: रम्बुक चियाबारीको बाटो जीर्ण अवस्थामा थियो।यस बाटोको जीर्णोद्वार गरेर हाम्रो पार्टीले रम्बुकवासीलाई तिहारको उपहार दिएको छ। रम्बुक चियाकमान जाने बाटोको अवस्था अति नै जीर्ण रहेकोले स्थानीय मानिसहरू लगायत वाहन चालकहरूलाई दार्जिलिङ सहर, सोनादा बजार, सिलगढी आदि क्षेत्रहरू जान असुविधा हुने गर्दथ्यो। रम्बुक चियाबारीवासीहरूले भोग्दै आइरहेका समस्यालाई मध्यनजर गरी हाम्रो पार्टीको रम्बुक शाखाले यस बाटोको जीर्णोद्वारको कार्य गरिदिएको छ। यस अवधि हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय सहसचिव बविन सुब्बा विशेष रूपमा उपस्थित थिए। यसैगरी हाम्रो पार्टीको अन्य क्षेत्रिय कार्यकर्ता एवम् नेतृत्वहरूमा हाम्रो पार्टीको रम्बुक वीच गाउँ शाखा अध्यक्ष नगेन्द्र सुब्बा, संयोजिका अन्जीता राई, सुबास राई, नेपाली फिल्मका अभिनेता समीर शर्मा, ग्रामवासीहरूमा सनमान राई, निर्मल राई, ईन्द्र कुमार देवान, रोजन कुमार राई, महेन्द्र प्रधान, सुमज सुब्बा, मनम थापा, प्रनम थापा, मुकुल राई, विराज राई आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement