सिलगढी: दीपावलीको रात सिलगढीको परेश नगर क्षेत्रमा आगलागी हुँदा इलाकामा हलचल मच्चिएको छ। आगलागीबाट आठ वटा मोटरसाइकल जलेर नष्ट भएको छ। आगलागीको खबर पाएलगत्तै भक्तिनगर प्रहरी चौकी र दुईवटा दमकल घटनास्थलमा पुगेर आगो निभाउन थालेका थिए। हिजो राति भाडामा लिएको मोटरसाइकलको कार्यालयमा भीषण आगलागी भएको बताइएको छ। घटना थाहा पाएलगत्तै स्थानीयले आगो निभाउन थाले। लगत्तै दमकलका कर्मचारीले पनि आगो निभाउन थालेका थिए। धेरै प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। आगलागीमा कुनै मानवीय क्षति नभएको र लाखौंको क्षति भएको बताइएको छ। आगलागीको कारण खुल्न सकेको छैन।