प्रशासन योग्य व्यक्तिको हातमा गएन भने जनताले दुःख पाउँछ, जनताले सुशासन अनि विकासको निम्ति भागोप्रोमोलाई जीटीए सभामा पठाउनेछ- अनित थापा

IMG-20220530-WA0182.jpg

खरसाङ: आज खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनजना प्रार्थीहरूले नामांकन बुझाएको समय पार्टी अध्यक्ष अनित थापा पनि उपस्थित रहेका थिए। यसावधि पत्रकारहरूसित कुराकानी गर्दै अनित थापाले आफ्नो पार्टीको प्रार्थीहरुलाई शुभकामना दिन्दै यो चुनावमा प्रार्थी होइन समष्टिको जीत भएको हुनुपर्छ र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई हराउन पहाडको सम्पूर्ण राजनैतिक दलहरु नै पछि लागेको छ अनि हामी चुनौतीलाई स्वीकार गर्छौं र हामी चुनावमा विजय हाँसिल अवश्य गर्नेछौं भनी बताएका छन्। उनले जनताले सुशासन, सिस्टम अनि विकासको निम्ति हामीलाई अवश्य भोट दिनेछन् भनी विस्वास व्यक्त गर्दै प्रशासन योग्य व्यक्तिको हातमा गएन भने जनताले दुःख पाउँछ अनि पहाडको जनताले अनित थापाको प्रशासनलाई देखेको छ र अनित थापाको काम गर्ने तरिकालाई देखेको छ साथै अनित थापाले के गर्नुसक्छ त्यो पनि देखेको छ भनी बताएका छन्। थापाले आग्रह गर्दै अधुरो छोडेको कामलाई पूरा गर्न जनताले फेरि पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई जीटीए सभामा पठाउनेछ भन्दै यसपाली मनोनित होइन निर्वाचित अध्यक्ष जीटीएले पाउनेछ भनी बताएका छन्।

About Author

Advertisement