२५ अक्टोबरः भारतका स्टार अलराउण्डर हार्दिक पाण्ड्याको भनाइअनुसार, पाकिस्तान विरुद्ध टी२० वर्ल्ड कपको पहिलो म्याचमा विराट कोहलीले मात्र हेरिस रऊफको बलिंगमा दुई छक्का लगाउन सक्थे। भारतलाई म्याचको अन्तिम ८ बलमा २८ रनको आवश्यकता थियो अनि कोहलीले लगातार दुई छक्काको साथ समस्त समीकरण बद्लिए। त्यस रोमाञ्चक म्याचमा भारत ४ विकेटले विजयी भयो। म्याचको अवधि अर्को प्रान्तमा उभिएर कोहलीको ब्याटिंग हेर्ने हार्दिकले भने, मैले धेरै छक्का लगाएको छु तर त्यो दुईवटा छक्का खास थियो कारण त्यस समय हामीलाई द्रुत रनको आवश्यकता थियो। यसैकारण ती दुईवटा छक्काको अलग महत्त्व थियो। मैले धेरै क्रिकेट खेलेको छु तर मेरो विचारमा कोहलीबाहेक अरू कसैले पनि ती दुईवटा छक्का लगाउन सक्ने थिए जस्तो मलाई लाग्दैन। त्यो एकदमै खास थियो कारण त्यस समय हामी दुवै संघर्ष गरिरहेका थियौं।
क्रीजमा ओर्लिँदा आफ्नो मानसिक स्थितिबारे हार्दिकले भने, धेरै दबाउ थियो। ठूलो म्याचमा यस्तो दबाउ हुनु स्वाभाविक हो अनि म्याच कतिको महत्त्वपूर्ण थियो भन्ने कुरा हामीलाई थाहा थियो। हामीले एउटा टीमको रूपमा कठोर मेहनत गऱ्यौं अनि एकार्काको निम्ति खुशी छौं। मैदानमा ओर्लिँदा म खुशी थिएँ तर दबाउ पनि थियो। यहाँसम्म कि प्रशिक्षक राहुल द्रविड़ पनि तनाउमा थिए। उनले मलाई क्रीजमा गएर शान्त भएर खेल्नु भने। अन्तमा गएर म्याच जित्न सकेर म खुशी छु।
हार्दिक पाण्ड्यालाई केही साल अघि पनि भविष्यबारे कुनै अन्दाज थिएन तर एकपल्ट असफलताको भय मनबाट निस्किएपछि उनको खेलमा धेरै सुधार आएको छ। फिट भएर मैदानमा ओर्लिएर गुजरात टाइटन्सलाई आईपीएलको खिताब दिलाएपछि हार्दिकले पछि फर्किएर हेरेनन्। आफ्नो कुशल अलराउण्ड प्रदर्शनद्वारा अहिले उनी भारतीय टीमको अभिन्न अंग बनेका छन्। यसबारे हार्दिकले भने, एक समय त मलाई आफ्नो भविष्यबारे केही थाहा थिएन। त्यसपछि मैले आफ्नो सोच प्रक्रिया बद्लिए। मैले आफ्नो मनबाट असफलताको डर निकाले अनि नतीजाको पर्वाह नगरी क्रिकेट खेल्ने फसेला गरे।मेरो निम्ति टोलीको प्रदर्शन महत्त्वपूर्ण छ। मानिसकहरूका विचारसँग मेरो कुनै सरोकार छैन। उल्लेखनीय छ, पाकिस्तान विरुद्ध टी२० वर्ल्ड कपको म्याचमा पनि हार्दिकले कोहलीसँग ११३ रनको महत्त्वपूर्ण साझेदारी गरे। म्याचमा ४० रन बनाउनको साथै उनले तीनवटा महत्त्वपूर्ण विकेट पनि हासिल गरे। हार्दिकले भने, मेरो दृष्टिकोणमा टीमको जीतमा योगदान दिन सक्नु नै सफलता हो। व्यक्तिगत सफलतालाई म अधिक प्राथमिकता दिदिनँ।