२५ अक्टोबरः अष्ट्रेलियाका पूर्व पेस बलर ब्रेट ली-को भनाइअनुसार, विराट कोहलीको ब्याटलाई लामो समयसम्म शान्त राख्नु सम्भव छैन अनि उनले कोहलीको खराब फर्मलाई लिएर आलोचनाहरूमाथि पनि आश्चर्य व्यक्त गरे। ली-ले भने, कोहली जस्ता लीजेण्डको ब्याटलाई लामो समयसम्म शान्त राख्न सकिँदैन। कोहलीले टी२० विश्व कपको म्याचमा आइतवार पाकिस्तान विरुद्ध अविजित ८२ रन बनाएर भारतलाई ४ विकेटले यादगार जीत दिलाएका थिए। ली-ले भने, कोहली जस्ता दिग्गज ब्याटरको आलोचना भएको देख्दा मलाई त आश्चर्य लाग्छ। उनको आलोचना गर्न अघि आलोचकहरूले खेलको तीनैवटा प्रारूपमा उनको रेकर्डलाई हेर्दा हुन्छ। धेरैपल्ट तपाईं शतक या अर्द्धशतक बनाउन सक्नुहुन्न। पेशादार खेलमा यस्तो हुनु कुनै नयाँ कुरा होइन। कोहली यस खेलका लीजेण्ड हुन् भन्ने मलाई थाहा छ अनि उनको ब्याटलाई अधिक समयसम्म शान्त राख्न सकिँदैन। यसको साथमा ली-ले भारतीय टीमलाई जसप्रीत बुमराहको कमी अनुभव भएको बताए पनि मोहम्मद शमी अहिले असल विकल्प हुने कुरालाई पनि स्वीकार गरे। ली-ले भने, भारतलाई बुमराहको आवश्यकता थियो। टुर्नामेण्ट जित्न भारतले विशेषगरी अन्तिम ५ ओभरमा असल बलिंग गर्नु पर्नेछ। टी२० विश्व कपमा डेथ ओभर्समा असल बलिंग गर्ने टीमले नै जीत हासिल गर्नेछ।










