गान्तोक: नाम्ची थाना क्षेत्रमा पर्ने एउटा गाउॅंका एकजना मानसिक रूपमा अस्वस्थ महिलासॅंग यौन दुर्व्यवहार भएको घटना प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा आरोपित व्यक्तिलाई पक्राउ गरिएको छ।
पुलिस रिपोर्ट अनुसार, महिलाको स्थितिको फाइदा उठाएर आरोपित व्यक्तिले धेरैपल्ट यौन दुर्व्यवहार गरे। आइतवार आरोपित व्यक्ति विरूद्ध मामिला दर्ता गरियो। पुलिसले आईपीसीको धारा ३७६/५०६ अन्तर्गत मामिला दर्ता गरेर आरोपित ५८ वर्षीय हर्के राईलाई पक्राउ गरेको छ।