एकजना विदेशी नागरिकलाई नेपाल इमिग्रेशनले वीरगञ्ज बर्डरबाट पक्राउ

5079.jpg

मोतिहारी: एकजना विदेशी नागरिकलाई नेपाल इमिग्रेशनले वीरगञ्ज बर्डरबाट पक्राउ गरेको छ। वीरगञ्जको बाटो भएर भारतको रक्सोलमा प्रवेश गर्ने क्रममा पक्राउ पर्ने विदेशी नागरिक पोल्याण्ड निवासी मिचल जेर्जी फिगुकर्षि हुन्। उनीसॅंग नेपाल र भारतमा प्रवेश गर्ने वैध भीजा थिएन।
नेपाल इमिग्रेशनको वीरगञ्ज शाखा प्रमुख राज कुशवाहाले आइतवार अबेर राति यसको पुष्टि गरे। उनले भने, जॉंचको क्रममा फिगुकर्षि गत ८ अक्टोबर भारतको वनवासा बर्डरबाट आउट स्ट्याम्प लगाएर बिना वैध भीजा नेपालमा प्रवेश गरेका थिए। विगत १४ दिनदेखि नेपालका विभिन्न स्थानहरूमा बसेपछि वीरगञ्ज पुगे, जहॉंबाट रक्सोल जाने क्रममा उनलाई पक्राउ गरिएको हो। साथै उनीसॅंगै एउटज्ञ बाइक पनि जफत गरिएको छ।
उनले पक्रा पर्ने विदेशी नागरिकसॅंग आवश्यक सोधपुछपछि अगाडिको कारबाहीको निम्ति नेपाल इमिग्रेशनको काठमाण्डौंस्थित हेडक्वार्टर पठाइएको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *