कोलकाता: पश्चिम बङ्गाल कलेज सर्विस कमीशनको प्रोफेसरहरूको नियुक्तिको निम्ति साक्षात्कार प्रक्रियालाई लगभग एक महिनाको निम्ति स्थगित गरिएको छ। पश्चिम बङ्गाल कलेज सर्विस कमीशनले एक विज्ञप्ती जारी गरी यसको जानकारी दिएको छ। नयाँ विज्ञप्तीअनुसार प्रोफेसरहरूको नियुक्तिको निम्ति इन्टव्यूको प्रक्रिया जूनको साटो जुलाईमा शुरू हुनेछ। कमीशनको यस विज्ञप्तिपछि नानाथरीको चर्चा शुरू भएको छ। स्रोतहरू अनुसार जूनमा हुने इन्टरव्यूको लिस्टमा राज्यका शिक्षा मन्त्री परेश अधिकारीकी छोरी अंकिता अधिकारीको पनि नाम रहेको छ।
उल्लेख्य, एसएससीमा शिक्षकहरूको भर्ती र अंकिताको शिक्षकको पदमा नियुक्तिलाई लिएर धेरै प्रश्नहरू खड़ा भइरहेछ। कोलकाता उच्च अदालतले अंकितालाई नौकरीबाट बर्खास्त गरेको छ। साथै उनलाई वेतन फर्काउनलाई पनि भनेको छ। यस स्थितिमा कलेज सर्विस कमीशनमा नौकरीको निम्ति इन्टरव्यू दिनेहरूको लिस्टमा अंकिताको नाम अघि आएको छ। अंकिता र उनका पिता परेश वर्तमानमा विवादको केन्द्रमा भएकोले यस मुद्दामा शिक्षा विभाग सहित प्रशासन ब्याकफुटमा छ। कमीशनले कलेजमा प्राध्य़ापकहरूको नियुक्तिको निम्ति साक्षात्कारलाई स्थगित गरी केही समय लिने प्रयास गरिरहेको चर्चा छ। यद्यपि, शिक्षा विभागका अधिकारीहरू अनुसार, यो रूटीन फसेला हो। यससित मन्त्रीको छोरीको नामको कुनै सरोकार छैन।