चितुवाकाे वाटर रिजर्भरमा झरेर मृत्यु

IMG_20221024_222122.jpg

सिलगढी: बागडोगराको हंसखोआ चिया बगानको वाटर रिजर्भरमा आइतवार चितुवा झरेर मृत्यु भएको छ। जानकारीअनुसार, आज बिहान चिया श्रमिकहरूले वाटर रिजर्भरमा चितुवा देखे। यसपछि, यसको सूचना बागडोगरा वन विभाग र बागडोगरा पुलिसलाई दिए। खबर पाएपछि वन विभागका कर्मीहरू घटनास्थलमा पुगे र चितुवालाई बाहिर निकाले। रेन्जर समीरन राजको नेतृत्वमा चितुवालाई लगभग एक घण्टापछि बाहिर निकालिएको थियो। तर, चितुवाको मृत्यु भइसकेको थियो।
रेन्जर राजले भने सम्भवत लामो समयसम्म पानीमा डूबेपछि चितुवाको मृत्यु भयो। चितुवाको पोस्टमार्टमको निम्ति बंगाल सफारी पार्कमा पठाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *