असम: श्रीमन्त शङ्करदेव स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोह सम्पन्न

FB_IMG_1788713454147

उपराष्ट्रपतिको उपस्थितिमा स्वास्थ्यकर्मी सम्मानित

गुवाहाटी: असमको स्वास्थ्य क्षेत्र रूपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै श्रीमन्त शङ्करदेव स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोह गुवाहाटीमा सम्पन्न भएको छ। भारतका उपराष्ट्रपति सि.पि. राधाकृष्णनको गरिमामय उपस्थितिमा आयोजित उक्त समारोहमा नवनियुक्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई बधाई ज्ञापन गरिएको छ।
​कार्यक्रममा बोल्दै आसामका मुख्यमन्त्री हिमन्त विश्व सरमाले चिकित्सा पेसा केवल एक व्यवसाय नभई मानव सेवाको एक महान् सङ्कल्प भएको बताए। उनले स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका नयाँ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई नैतिक मूल्यमान्यता, सहानुभूति, अनुशासन र पेसागत प्रतिबद्धतालाई सर्वोपरि राखेर निष्ठापूर्वक काम गर्न आह्वान गरे।
​राज्यमा नयाँ मेडिकल कलेजहरूको स्थापना, स्वास्थ्य शिक्षाको विस्तार, स्वास्थ्य पूर्वाधारको सुदृढीकरण, क्यान्सर रोगको उन्नत उपचार र प्रविधिमैत्री स्वास्थ्य सेवाका माध्यमबाट नयाँ स्वास्थ्य क्षेत्रको निर्माण भइरहेको मुख्यमन्त्रीले जानकारी दिए। राज्यका प्रत्येक नागरिकका लागि आधुनिक, सुलभ र बिरामीकेन्द्रित स्वास्थ्य सेवा सुनिश्चित गर्नु नै सरकारको प्रमुख लक्ष्य रहेको उनको भनाइ थियो।
​दीक्षान्त समारोहमा उपाधि प्राप्त गरेका नवस्नातकहरूले भविष्यमा आसामको स्वास्थ्य सेवाको आधार स्तम्भलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको छ।

About Author

Advertisement