अगरतला: केवल राजनीतिका लागि राजनीति गर्नु भारतीय जनता पार्टीको उद्देश्य होइन त्रिपुराका मुख्यमंत्री डा. मालिक साहले आफ़्नो फेसबुकमा लेख्दै भने।
जनताको अपेक्षा पूरा गर्नु, आम नागरिकको जीवनस्तरमा सुधार ल्याउनु र हरेक कठिन परिस्थितिमा जनताको साथमा उभिनु नै भाजपाको राजनीतिको मूल उद्देश्य हो। सामान्य नागरिकको अनुहारमा मुस्कान ल्याउन सक्नुजस्तो ठूलो राजनीति अरू केही हुन सक्दैन।
उनले भाजपाको ‘डबल इन्जिन’ सरकार विकास, सुशासन र जनकल्याणको राजनीतिमा विश्वास गर्छ। त्यसैले सरकारका विकास कार्य, उपलब्धि र जनहितमा भएका पहलहरू लिएर प्रत्येक नागरिकसम्म पुग्नु हाम्रो जिम्मेवारी हो। साथै, अपप्रचार, भ्रम र जनतालाई गुमराह गर्ने राजनीतिबाट सचेत रहन आम नागरिकलाई जागरूक बनाउनु पनि उत्तिकै आवश्यक छ भने।
बडजलामा २०२३ मा भएको गल्तीको पुनरावृत्ति २०२८ मा कुनै पनि हालतमा हुन दिनु हुँदैन भन्दै मुख्यमंत्री डा. साले विकास, शान्ति, स्थायित्व र प्रगतिका लागि हामी सबै एकजुट भएर बडजलालाई पुनः विकास र विश्वासको बाटोमा अघि बढाउन दृढ संकल्पित हुनुपर्छ भने।
यही दृढ संकल्प र प्रतिबद्धतालाई आत्मसात् गर्दै आज ४-बडजला मण्डलद्वारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्ने क्रममा मुख्यमंत्री डा. साहले भने जनताको उत्साह, विश्वास र सहभागिताले आगामी दिनमा बडजलालाई अझ समृद्ध, शान्त र विकसित बनाउने हाम्रो संकल्पलाई थप बल प्रदान गरेको छ।





