जलपाईगढी जिल्ला पुलिस सुपर देवर्षी दत्तद्वारा रायगन्ज थापाको काली पूजाको उद्घाटन

18-19-07-7c11e0e4-d6e3-4835-b2db-7343967b280b-1024x576.jpg

राजगञ्ज: जलपाईगढी जिल्ला पुलिस सुपर देवर्षी दत्तले आज रायगन्ज थानाको काली पूजाको उद्घाटन गरे। काली पुजाको अवसरमा रक्तदान शिविर, स्वास्थ्य जाँच शिविर लगायत आवश्यकमन्द मानिसहरूलाई मच्छरदानी पनि वितरण गरियो। राजगञ्ज थाना पुजा कमिटी सूत्रले दिएको जानकारी अनुसार राजगञ्ज थानाले लगभग १०० वर्षदेखि काली पुजाको आयोजना गर्दै आइरहेको छ। थाना क्षेत्रका मानिसहरू तथा व्यवसायी समितिको पहलमा पुजाको आयोजना गर्ने गर्दछ। थानामा स्थायी काली मन्दिर रहेको छ भने प्रत्येक दिन पुजारीद्वारा मन्दिरमा पुजा गर्ने गरिन्छ। यस अवसरमा जलपाईगढी जिल्ला पुलिस सुपर देवर्षी दत्त, अतिरिक्त पुलिस सुपर सन्दीप सेन, राजगञ्ज थानाका आईसी पंकज सरकार, राजगञ्जका विधायक खगेश्वर राय र डीपीएससी का चेयरम्यान लक्ष्यमोहन राय लगायत अन्य उपस्थित थिए। भोलि बिहान खिचडी, प्रसाद वितरण गरिनेछ भने दिउँसो बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरिने अनि साँझको समयमा महिलाहरूको लागि प्रतियोगितामूलक कार्यक्रमको आयोजना गरिने बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *