बिजनबारीको लामागाउँमा अमृता लिम्बुको घरमा आगलागी, जलेर सर सामन सबै नष्ट

IMG_20221024_181839.jpg

बिजनबारी: बिजनबारीको रेलिङ ग्राम अधिनस्थ लामागाउँ निवासी अमृता लिम्बुको घर आज बिहान आगलागीमा परेरभष्म भएको छ।आगलागीमा घरसहित सम्पूर्ण सर-सामानहरू जलेर नष्ट भएको छ। जानकारी अनुसार रेलिङ ग्रामको लामागाउँ निवासी अमृता लिम्बुको घरमा आज बिहानको लगभग ७ बजेर ३ मिनटमा अचानक आगलागी भएपछि सम्पूर्ण सर-सामान जलेर खाक भएको छ। उक्त आगलागीको घटना के कारणले भएको हो भन्ने स्पष्ट नभएको साथै घटनाको समयमा घरमा कोही पनि थिएनन्।

गाउँलेहरूले आगलागीको घटना थाहा पाएपछि आगो निभ्याउने केही प्रयास गरे तापनि आगोले विकराल रूप धारण गरेपछि हेर्दा हेर्दै घरसहित सबै सामानहरू जलेर भष्म भएको स्थानीय मानिसहरूले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *