खरसाङ: तिहार वा दिपावली हिजदेखि शुरु भएको छ। आज तिहारको दोस्रो दिन कुकुर तिहारसितै लक्ष्मी पूजा पनि पालन गरिएको छ। खरसाङ क्षेत्रका हिन्दु धर्मावलम्बीहरुले आज आ-आफ्नो घरमा पालेका कुकुरलाई बिहानको समय पुजा गरियो। आज बेलुकी भने गाईलाई पनि लक्ष्मीको रूपमा पुजा गरेको देखियो। हिन्दु परम्परा अनुसार गाईलाई लक्ष्मी माताको रूपमा पुजा गर्ने परम्परा चल्दै आइरहेको छ। आज लक्ष्मी पुजाको अवसरमा यहाँका विभिन्न स्थानहरूमा घमा पालेका गाईलाई लक्ष्मीको रूपमा पुजा गरे। प्रत्येक नेपालीको घरमा आज साँझमा लक्ष्मीको पुजा गर्न अघि दिउँसो गाईको पुजा अर्चना गरियो। यसैक्रममा खरसाङको विभिन्न स्थानहरू र तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रमा आज गाईलाई लक्ष्मीको रूपमा पुजा गरियो।











