सिलगढी: आगामी ‘जनगणना २०२७’को पूर्वतयारी स्वरूप सिलगढी नगर निगम क्षेत्रभित्र पहिलो चरणको अनुगमन तथा निरीक्षण कार्य तीव्र पारिएको छ।
सिलगढी नगर निगमका अनुसार नगर क्षेत्रका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेको घर सूचीकरण तथा स्थलगत तथ्याङ्क सङ्कलन कार्यको प्रभावकारिता जाँच्न उच्च अधिकारीहरूको टोली खटिएको छ। उक्त अनुगमन कार्यमा सिटी सेन्सस अफिसर, सम्बन्धित क्षेत्रका चार्ज अफिसर, ओसी सेन्सस, सुपरभाइजर तथा गणकहरूको प्रत्यक्ष सहभागिता रहेको थियो।
नगर निगमका अनुसार टोलीले विभिन्न चार्ज लेभलमा पुगेर गणकहरूले गरिरहेको कार्यको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दाहरूसँग समन्वय गरी तथ्याङ्क सङ्कलनलाई पारदर्शी र व्यवस्थित बनाउन निर्देशन दिएको छ। सहकार्य र समूह भावनाका साथ पहिलो चरणको यो स्थलगत कार्यलाई तीव्र गतिमा अघि बढाइएको नगर निगमले जनाएको छ।





