जलपाईगुडी: चक्रवात सीताराङको आंशिक प्रभाव जलपाईगुडी जिल्लामा पनि देखिन थालेको छ। मौसम विभागका अनुसार यो चक्रवातले गंगा तट र कोलकाताको विशाल क्षेत्र सुन्दरवनलगायत विभिन्न क्षेत्रलाई असर गर्नेछ।मौसम विभागको यो चेतावनीपछि प्रशासनले यसको सामना गर्न सबै सावधानी अपनाएको छ। उत्तर बंगालको जलपाईगुडी जिल्लामा यसको खासै असर परेको छैन, तर सोमबार बिहानैदेखि आकाश बादल र चिसो हावा चल्न थालेको छ। जिल्ला भरी नै यस्तै अवस्था देखिएको छ।