निखोज बुहारी घर नफर्किएकोले चिन्तामा सासु आमा

09371bee-4728-4f71-9c04-72cd041cfd5b

कालचिनी – गत १७ अक्टोबरको दिन निमती दोमोहनी बर्मनपाड़ाकी एकजना गृहणी कविता राय बर्मन उमेर प्रायः २३ बर्षकी एउटा नानीको आमा घरबाट हेमिल्टनगञ्ज जान्छु भनेर निस्केकी थिईन।

तर अबेर साँझसम्म पनि उक्त महिला घरमा फर्किएर नआउँदा घरकी सासु आमा कञ्जण बर्मन चिन्तामा परेकी थिईन। घरमा दुई बर्षको नानी छोड़ेर निस्किएकी जवान बुहारी यसरी घरमा फर्कि नआउँदा गत १८ अक्टोबरको दिन सासु आमा कञ्चन बर्मनले कालचिनी थानामा बुहारी निखोज भएकी एउटा प्राथमिकी दर्ता गरेकी थिईन। तर आज एक सप्ताह बितेर जाँदा पनि बुहारी घर फर्कि नआउँदा सासु आमा कञ्चन बर्मन पुनः कालचिनी थानामा आएर पुलिस समक्ष गुहार लगाएकी थिईन।

सासु आमा कञ्चन बर्मनले जनाएअनुसार छोरा अमल बर्मन राज्य बाहिर काम गर्न गएको र बुहारी यसरी घरबाट निस्किएर निखोज बनेकोमा छोरा पनि काम छोड़ेर घर फर्किरहेका छन्। यता पुलिस सुत्रले निखोज प्राथमिकी दर्ता भए अनुरुप खोजी चलिरहेको जनाएका छन्।अर्कोतिर छिमेकी युवा समाजसेवी निखिल बर्मनले कुनै एजेन्टको फुस्लाईमा परेर बाहिर गएकी पनि हुनसक्ने आशङ्का रहेको र परपुरुषसित भागेर जाने कुनै त्यस्तो ठोस प्रमाण नभएको जनाएका छन्। यद्यपि गाउँलेहरूले पनि उक्त महिलाको खोजी गर्न हरप्रकारको सहयोगिता गरीरहेको गाउँलेहरूले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement