जयगाउँ – उत्साह क्रिएसनको प्रस्तुतिमा निर्मित दुर्गा राई चामलिङको लेखन तथा निर्देशनमा रहेको नेपाली लघु चलचित्र ‘अभाग्य’ को विधिवत सर्वाजनिक कार्यक्रम हेब्रोन इङ्ग्लिस स्कूल तुर्सा चिया बगानमा सम्पन्न भयो । यस कार्यक्रममा अध्यक्ष समाजसेवी सानु खवासले गरेका थिए भने प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समाजसेवी शङ्करनाथ प्रधान रहेको थियो । कार्यक्रमको शुरुवातमा चलचित्रमा अभिनित कलाकारहरूलाई सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरी सम्मान गरेपछि अभाग्य लघु चलचित्रको प्रिमियार सो गरे ।

नेपाली वर्तमान समाजमा रहेको कथाहरूलाईनै यस लघु चलचित्रमा प्रस्तुत गरेर क्षेत्रीय कलाकारलाई समेटिएको छ भने आगामी दिनहरूमा यस्तो प्रकारको कलाकारिता अझ फस्टाएर जावोस् कार्यक्रमको सम्वोधनमा प्रमुख अतिथि शङ्करनाथ प्रधानले राखे। यसरीनै आगामी दिन यस टोलीलाई कुनै पनि प्रकारको साथ सहयोग गर्न तयार रहेको वाँचा आफ्नो सम्वोधनमा समाजसेवी नवीन के छेत्री, संजोक दर्जी, दुर्गा थुलुङ, ललित कोइराला आदिले गरे ।

यस लघु चलचित्रमा देखाएको दृश्यले आफ्नो मन छोएको र यस्ता हाम्रो आफ्नै कथाहरूलाई दर्शकहरू समक्ष उतार्न सफल भएको कुरा कार्यक्रमको अन्तमा अध्यक्ष सानु खवासले राखे। यस प्रिमियार सो कार्यक्रममा समाजवेसी विकास बान्तावा, नेपाली साहित्य प्रतिष्ठानर, डुवर्सका अध्यक्ष कमल शर्मा, लक्ष्मन भुजेल लगायत गाउँलेहरूको बाक्लो उपस्थिति रहेको थियो।