सिलगढी: उपभोक्ता अधिकार संरक्षण सप्ताह तथा खाद्य मिसावट विरुद्धको अभियान अन्तर्गत आज सिलगढीको सिटी सेन्टरमा एक विशेष निरीक्षण अभियान चलाइएको छ।
उक्त अभियान श्री सैयद वाकर रजा (आईपीएस), दार्जिलिङका जिल्ला मजिस्ट्रेट, सिलिगुडीका एसडीअाे, इन्फोर्समेन्ट ब्रान्च, माटीगाढा थाना प्रहरी तथा सम्बन्धित नागरिक निकायका अधिकारीहरूको नेतृत्वमा सञ्चालन गरिएको थियो।
निरीक्षण टोलीले बजार मूल्य तथा खाद्य वस्तुको गुणस्तर जाँच्नुका साथै उपभोक्ता र व्यापारीहरूसँग छलफल गरेको छ। साथै नियमानुसार परीक्षणका लागि खाद्य वस्तुका नमूनाहरू पनि सङ्कलन गरिएको छ।

उपभोक्ता अधिकारको रक्षा गर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्ने, मिसावट रोक्ने र निष्पक्ष व्यापार अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको हो।





