सिलगढी: सिटी सेन्टरमा उपभोक्ता अधिकार र खाद्य सुरक्षा अभियान सञ्चालन

FB_IMG_1788370066202

सिलगढी: उपभोक्ता अधिकार संरक्षण सप्ताह तथा खाद्य मिसावट विरुद्धको अभियान अन्तर्गत आज सिलगढीको सिटी सेन्टरमा एक विशेष निरीक्षण अभियान चलाइएको छ।
​उक्त अभियान श्री सैयद वाकर रजा (आईपीएस), दार्जिलिङका जिल्ला मजिस्ट्रेट, सिलिगुडीका एसडीअाे, इन्फोर्समेन्ट ब्रान्च, माटीगाढा थाना प्रहरी तथा सम्बन्धित नागरिक निकायका अधिकारीहरूको नेतृत्वमा सञ्चालन गरिएको थियो।
​निरीक्षण टोलीले बजार मूल्य तथा खाद्य वस्तुको गुणस्तर जाँच्नुका साथै उपभोक्ता र व्यापारीहरूसँग छलफल गरेको छ। साथै नियमानुसार परीक्षणका लागि खाद्य वस्तुका नमूनाहरू पनि सङ्कलन गरिएको छ।

उपभोक्ता अधिकारको रक्षा गर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्ने, मिसावट रोक्ने र निष्पक्ष व्यापार अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो पहल गरिएको हो।

About Author

Advertisement