बाग्राकोटमा ११३औँ देवकोटा जयन्ती पालन

19cd53f5-b24d-4a5c-949d-caf0e65528d7-1

बाग्राकोट- परम्परागत मानिलिएको देवकोटा जन्म जयन्ती लक्ष्मी पूजाकै दिन गर्ने नगर्ने भारत- नेपालका साहित्यिक हस्तीहरूबिच चर्चा चलिरहेको बेला जन्म मितिलाईनै मान्यता दिने कि भन्ने प्रश्न चर्चा चलिरहेकोबिच आज बाग्राकोट प्राथमिक शिक्षक संगठन एवम् साहित्य परिक्रमा परिवारको संयुक्त आयोजनामा यहाँको कम्युनिटी हलमा आज ११३ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती तिहारको व्यस्तताबिच पालन गरियो। पचासवर्ष भन्दाअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले भोगेका, देखेका,लेखेका कुराहरू पनि आजका हाम्रा समाजले यसलाई लिएर हिँड़्न नसक्नु उसको अनुसरण गर्न नसक्नु अहिलेको समाजको सबैभन्दा ठूलो विडम्बना हो भनी मुख्य वक्ताको रुपमा समालोचक एवम् शिक्षक रूपेश शर्माले वक्तव्यको क्रममा बताए। देवकोटालाई हामीले बुझेर उनको सोँचलाई अनुसरण गर्दै सामाजिक एवम् साहित्यिक हिसाबमा नयाँ युवा पीढिलाई दिशा निर्देशन गर्न नसक्नु हाम्रो सबैभन्दा विडम्बना रहेको भन्दै हामीले गर्नुपर्ने दायित्व वोधका कुरा आफ्नो सम्बोधनमा जाहेर गरे। वरिष्ठ साहित्यकार शंकर प्रधान अध्यक्षको रुपमा मञ्चमा आसिन थिए भने प्रमुख अतिथिमा साहित्यकार गोपालसिंह विश्व एवम् अतिथिगणमा पूर्व शिक्षक जेवी छेत्री, विष्णु घिमिरे मञ्चमा आसिन थिए। अतिथिहरूलाई स्वागत जनाएपछि युवा कवि रुपनारायण प्रधानले स्वागत वक्तव्य राखेका थिए। निशा छेत्रीले देवकोटाको कविता वाचन गरेपछि गकुलसिंह थापाले दुइवटा लोकगीत गाएर सबैलाई मख्ख पारे। नवराज धमलाले पनि कार्यक्रममा कविता पाठ गरे। समाजसेवी तथा श्रमिक संगठनका पूर्व नेता कुलप्रसाद धिताल, देवकोटा सम्बधि सोँच राख्ने जुझारु वुद्धिजीवी विरबहादुर महत, समाजसेवी वेनु रोका, भाषा सङ्ग्रामी नेत्र खड्का, ग्राम पञ्चायत सदस्य अजीत खड्का, चन्द्राकम्पनी प्राथमिक पाठशालाका प्रधान शिक्षक सुबोध खड्का लगायतका प्रमुख व्यक्तिहरू उपस्थित थिए।

बाग्राकोट प्राथमिक शिक्षक संगठनका सचिव विनोद प्रधानले धन्यवाद ज्ञापन गरेपछि अध्यक्ष शङ्कर प्रधानले सबैलाई समेटेर देवकोटासम्बन्धि आफ्नो कुरा राख्दै कार्यक्रमको समापन गरेभने बाग्राकोट प्राथमिक शिक्षक संगठनका अध्यक्ष भुपेश शर्मा कार्यक्रम सञ्चालन गर्दै हामी व्यापारी होइनौँ यसैले साहित्य, समाजको सृजना सेवामा लागेपछि आजको भोलिनै केहीँ भइहाल्छ र केही तिमीहरूले गरेनौँ भन्ने कुरालाई व्यङ्ग्य हान्दै साहित्य परिक्रमा परिवारबाट अजय श्रेष्ठ, गणेश वस्नेत, पङ्कज वस्नेत आदिले गत २२ वर्षदेखि परिक्रमाको निरन्तर आयोजना गरेर लगानी गर्न एवम् त्यसको फल प्रप्ति गर्न लामो समयसम्म लागिरहनु पर्छ भन्ने उदाहरण परिक्रमालाई देखाउँदै आफ्नो कुरा राखे।   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement