खरसाङ (२ सेप्टेम्बर): चियाबारी श्रमिकहरुको पक्षमा यसपाली पनि गत वर्ष झैं सरकार पक्षले बीस प्रतिशत बोनस दिलाउन काम गर्नुपर्छ। किनभने गत वर्ष जीटीए सञ्चालन भएको समय त्यसताकका जीटीए प्रमुख अनित थापाले तत्कालीन राज्यकी मुख्यमन्त्रीलाई चियाबारी श्रमिकहरुलाई बीस प्रतिशत बोनस दिनुपर्छ भनेर पत्रचार गरेपछि चियाबारी श्रमिकहरुले बीस प्रतिशत बोनस प्राप्त गरेका थिए। यसपाली चियाबारी श्रमिकहरुले बीस प्रतिशत बोनस नै प्राप्त गर्नुपर्छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले बताएकस छन्। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै यसपाली हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय समितिको तर्फबाट डीटीए र डीआईटीएलाई बोनस विषयमा पत्रचार गरेपछि डीटीए र डीआईटीएले पहल गर्दै गत ३१ अगस्तमा युनियनलाई पत्रचार गरेर आगामी १० सेप्टेम्बरमा डीटीए कार्यालयमा बोनस विषयमा सभा आयोजना गरेको जानकारी गराएका छन्। उनले बताए अनुसार यसको साथै आगामी ११ सेप्टेम्बरको दिन दार्जिलिङ तराई र डुवर्स क्षेत्रको लागि भर्जुयल माध्यमबाट सभा आयोजना गरिएको छ उक्त दुवै सभाहरुमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले चियाबारी श्रमिकहरुको पक्षमा भाग लिने जानकारी गराएका छन्। उनले आशा व्यक्त गर्दै भने, गत वर्ष जीटीए सञ्चालन भएकोले तत्कालीन जीटीए प्रमुख अनित थापाले राज्यकी मुख्यमन्त्रीलाई चियाबारी श्रमिकहरुलाई बीस प्रतिशत बोनस दिने माग गर्दै पत्रचार गरेपछि चियाबारी श्रमिकहरुले बीस प्रतिशत बोनस पाएको र यसपाली पनि चियाबारी श्रमिकहरुले बीस प्रतिशत बोनस नै प्राप्त भएको हुनुपर्छ।





