२४ अक्टोबरः शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीको तत्त्वावधानमा आयोजित कृष्णा कुमार राई स्मारक नक्-आउट फुटबल टुनामेण्ट (दिपावली कप) २०२२-मा एसएनजेएस थाम च्याम्पियन भयो। शेल्पु पञ्चवत्ती खेल मैदानमा आइतवार खेलिएको फाइनल म्याचमा एसएनजेएस थामले कालीझोड़ा ड्राइभरलाई ३-१ पराजित गऱ्यो।फाइनलमा मुख्य रेफरीको रूपमा अमित भुजेल थिए। सहायक रेफरीको भूमिकामा आदित्य राई र अरमान मुखिया थिए। यसबाहेक गोल जजको रूपमा अम्बर राई र शिव खवास थिए। फोर्थ अफिसियल सिमित छेत्री रहेका थिए। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो भनी आयोजक शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीका सभापति बिजय खवासले जानकारी दिएका छन्।