कृषि सिँचाइको बिजुलीमा प्रतियुनिट ₹२ अनुदान सुरु
काेलकाता: बजेटमा गरेको प्रतिबद्धता पूरा गर्दै पश्चिम बङ्गाल सरकारले कृषि सिँचाइका लागि प्रयोग हुने बिजुलीमा प्रतियुनिट ₹२ अनुदान (सब्सिडी) दिन सुरु गरेको छ। सरकारको यो निर्णयबाट राज्यका करिब ४ लाख कृषि उपभोक्ता तथा किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
’वेस्ट बङ्गाल स्टेट इलेक्ट्रिसिटी डिस्ट्रिब्युसन कम्पनी लिमिटेड’ (डब्ल्यूबीएसईडीसीएल) का स्रोतहरूका अनुसार अगस्ट महिनादेखि सबमर्सिबल पम्पमार्फत गरिने सिँचाइको बिजुलीमा यो अनुदान लागू गरिएको हो। अनुदानको सम्पूर्ण रकम राज्य सरकारले नै बेहोर्ने छ।
अनुदान लागू भएसँगै ‘अफ-पिक’ समयमा सबमर्सिबल पम्पबाट सिँचाइ गर्दा लाग्ने बिजुलीको औसत दर प्रतियुनिट ₹४.६० बाट घटेर करिब ₹२.६० कायम हुनेछ। यस कदमले किसानहरूको सिँचाइ खर्च उल्लेख्य रूपमा घट्ने र कृषि उत्पादन लागतमा ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।





