अरुणाचल: ‘भोटको बदले जागिर’ दिने पुरानो राजनीति समाप्त भयो: मुख्यमन्त्री पेमा खाण्डू

Screenshot_20260831_212920_Facebook

ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले राज्यमा सरकारी जागिर दिने प्रलोभन देखाएर भोट लिने पुरानो राजनीति अब पूर्ण रूपमा अन्त्य भएको बताएका छन्। सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै मुख्यमन्त्री खाण्डूले युवाहरूलाई विगतका दिनहरू स्मरण गराउँदै राज्यमा योग्यता र निष्पक्षताको नयाँ युग सुरु भएको दाबी गरेका हुन्।
​मुख्यमन्त्री खाण्डूले भनेका छन्, “युवा पुस्ताले यो कुरा सोच्नुपर्छ कि एउटा यस्तो समय पनि थियो, जब चुनावका बेला सरकारी जागिरको आश्वासन दिएर भोट साट्ने गरिन्थ्यो। त्यतिबेला भर्ना प्रक्रियामा कुनै औपचारिक वा योग्यतामा आधारित पारदर्शी प्रणाली थिएन।”
​उनले एपीएसएसबी(अरुणाचल प्रदेश कर्मचारी चयन बोर्ड) को स्थापना र एपीपीएससी(अरुणाचल प्रदेश लोक सेवा आयोग) मा गरिएका सुधारहरूले सम्पूर्ण अवस्था बदलेको उल्लेख गरे। “यी सुधारहरूकै कारण सन् २०१९ र २०२४ को निर्वाचनमा पुराना ‘जागिरका बदला भोट’ राजनीति देखने मिलेन,” उनले भने।
​योग्यतातन्त्र ले युवाहरूमा स्वस्थ प्रतिस्पर्धात्मक भावना जागृत गराएको र यसबाट सरकारी सेवामा सक्षम, व्यावसायिक एवं गुणस्तरीय जनशक्ति तयार भएको मुख्यमन्त्रीको भनाइ छ।
​”यी प्रशासनिक सुधारहरू पत्रिकाको ठूलो हेडलाइन नबने पनि यसले हाम्रा युवा, लोकतान्त्रिक व्यवस्था र भावी पुस्ताका लागि सरकारको कार्यशैलीमा दूरगामी र ठूलो सकारात्मक प्रभाव पार्नेछ,” मुख्यमंत्री खाण्डूले जोड दिँदै भनेका छन्।

About Author

Advertisement