३० मईः कालेबुङ स्पोर्टस एसोसिएशन (केएसए)-को तत्त्वावधानमा आयोजित दुई स्तरीय लीग कम् नक्आउट फूटबल प्रतियोगिताअन्तर्गत सोमवार स्थानीय मेला ग्राउण्डमा भएको प्रतिष्ठित रविलाल लामा स्मृति ए डीविजन लीगको दोस्रो क्वार्टर फाइनलमा यूजीएफसी (रातो जर्सीमा), गितडाब्लिंगले मिलन संघलाई पेनल्टी शूटआउटमा ४-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यूजीएफसीले अब १ जूनमा खेलिने पहिलो सेमिफाइनलमा चुनौती पेश गर्ने। सुपर डीविजन लीग र ए डीविजन लीग दुवैको फाइनल ५ जूनमा हुनेछ।