भाजपा प्रदेश अध्यक्ष डी. बी. चौहानले सिक्किमको सुरक्षा हेतु सिक्किमेली जनता एकजुट हुने आह्वान

IMG_20221023_215305.png

गान्तोक: सिक्किम राज्यमा दिन प्रतिदिन बढ्दो अनुप्रवेश भइरहेको छ।प्रतिदिन सिक्किमेको सुरक्षा र अस्तित्वमाथि बढ्दो संकट बडी रहेको छ। अब सिक्किमेली समाज एकजुट हुने समय आएको छ। यो विचार प्रदेश भाजपा अध्यक्ष डीबी चौहानले जताएका छन्। अध्यक्ष चौहानले प्रेस विज्ञप्तिमा बताएका छन् कि आज एकापट्टि सिक्किम राज्यमा रोजगार र अवसरहरू खोज्दै सिक्किम प्रवेश गर्नेहरूको अनियन्त्रित संख्या अनि खाँट्टी सिक्किमेहरूको घट्दो जनसंख्या हाम्रो सानो अनि सुन्दर हिमाली राज्यको निम्ति ठूलो चिन्ताको विषय बनिरहेको छ। यस्तो अनुप्रवेश अनि यसबाट सिक्किम र सिक्किमेको अस्तित्वमाथि परिरहेको प्रत्यक्ष प्रभावको सानो उदाहरण हालै नयाँ दिल्लीको जन्तर-मन्तरमा पनि देख्न पाइएको सर्वविदितै छ। कसरी एउटा व्यक्ति रोजी-रोटीको निहुमा सिक्किम भित्रिएपछि केही वर्षभित्र नै यहाँको मतदाता बनेर सिक्किमे समाजमाथि आफ्नो प्रभाव जमाउन सफल बनिरहेका छन्, यस्ता सयकड़ौं उदाहरणहरू हामी प्रत्यक्ष देख्न पाइरहेका छौं। यस्तै प्रक्रिया चलिरहे आगामी २० वर्षभित्रमा सिक्किमको अस्तित्व कहाँ पुग्नेछ, त्यसको आँकलन हामी सहजै लगाउन सक्नेछौं अनि यसैमाथि पूर्ण नियन्त्रणको निम्ति हाम्रो माग हो इन्नर लाइन पर्मिट (आइएलपी)।भारतीय जनता पार्टीले यो मागलाई राज्य विधानसभामा पनि उठाएर राज्य सरकारको ध्यानाकर्षण गराइसकेको छ। यो मुद्दा कुनै व्यक्ति वा राजनीतिक पार्टीको छवि चम्काउने मुद्दा नभएर समस्त सिक्किमेली जन-जनको अस्तित्व रक्षाको मुद्दा बनिसकेको छ।
वर्तमानमा पूर्वोत्तर भारतको अरूणाचल प्रदेश, मिजोरम, नागाल्याण अनि मणिपुरमा आईएलपी लागू भइसकेको छ भने मेघालयमा पनि यसबारे पहल भइरहेको छ। यसर्थ, अब सिक्किम सरकारले पनि यस विषयमा चुड़ान्त पहल गर्ने उचित समय आएको समस्त सिक्किमेली जन-जनले महसुस गरिरहेका छन् – अध्यक्ष चौहानले भनेका छन्। उनले सबै सामाजिक तथा राजनैतिक हितधारकहरूलाई साथमा लिएर अविलम्ब यस विषयमा पहल गर्न सिक्किम सरकारलाई सुझाउ दिँदै यस मुद्दामा सबैले राजनीतिदेखि माथि उठेर सिक्किम र सिक्किमेको अस्तित्व सुरक्षाखातिर कार्य गर्न आग्रह गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *