खोरीबारी खण्डका बुधसिंह जोतका मानिसहरू चितुवाको आतंकमा आतंकित ‌

21-26-10-Capture7.png

खोरीबारी: खोरीबारी खण्डको बतासी अन्तर्गत फुलबारी चियाकमानको बुधसिंह जोतमा चितुवाको आतङ्क फैलिएको छ।चितुवाको आतंकमा यस ठाउँका मानिसहरूले दिन बिताइरहेका छन्। जानकारी अनुसार गत राती इलाकाको एउटा घरको ग्वालीमा चितुवा पसेर गाईको बच्चा लैजाने प्रयास गर्दा स्थानीय मानिसहरूको आवाज सुनेर उक्त चितुवाले गाईको बच्चा छोडेर भागेको बताइएको छ। आज बिहान इलाकामा चितुवाको पाइलाको छाप देखेपछि गाउँलेहरू आतङ्कित बनेका छन्। यस घटनाबारे घोषपुर वन विभागलाई गाउँलेहरुले खबर गराए ।तर यति खबर गर्दा पनि वनकर्मीहरू घटनास्थलमा नआएको स्थानीय मानिसहरूले गुनासो पोखेका छन्। इलाकावासीहरूको आरोप अनुसार उक्त इलाकामा प्रायःजसो हात्तीको आउजाउ हुने गर्दछ। यसैबीच फेरि चितुवाको आतङ्कले मानिसहरू चिन्तित छन्। चाँडै उचित व्यवस्था गरिदिने गाउँलेहरूले अपील गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *