खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) केन्द्रीय समितिका सांगठनिक सचिव एवं सभासद रतन कुमार थापाले पार्टीको सांगठनिक सचिव पदसँगै साधारण सदस्यबाट समेत राजीनामा दिएका छन्। थापाले सोमबार बीजीपीएम केन्द्रीय समिति, दार्जिलिङका अध्यक्ष/सचिवलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।राजीनामा पत्रमा उनले आफूले आजदेखि केन्द्रीय समितिको सांगठनिक सचिव तथा पार्टीको साधारण सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। यसको साथै आफ्नो राजीनामा पत्र यथाशीघ्र स्वीकृत गरिदिन पार्टी नेतृत्वसमक्ष अनुरोध गरेका छन्। थापाले राजीनामा पत्रको अन्त्यमा पार्टीप्रति धन्यवाद व्यक्त गर्दै आफूलाई “यहाँकै विश्वस्त” भन्दै हस्ताक्षर गरेका छन्।





