खरसाङ: आगामी १९ सेप्टेम्वरदेखि शुरु हुन गइरहेको त्रि स्तरिय स्वर्गीय लुते सिंग सार्की विजेता अनि स्वर्गीय सुखमाया सार्की उपविजेता अण्डर १४ लीग, गल्स ओपन नक आउट अनि अन्तर कार्यालय लीग कम नक आउट फूटबल प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा संघका अध्यक्ष मोहन योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। सभाको सञ्चालन गर्दै सचिव निर्मल गुरुङले सर्वप्रथम ८०औं स्वतन्त्रता दिवस फूटबल अनि म्याराथन दौडलाई सफलीभूत पार्ने संघका कर्मठ सदस्यहरुप्रती आभार स्वरूप धन्यबाद दिए भने म्याराथन दौडको समय सहयोग पुर्याउने सम्पूर्ण खरसाङवासिप्रती आभार पनि प्रकट गरे। साथै सचिव गुरुङले आगामी सम्पन्न हुने फुटबल प्रतयोगितालाई सफल बनाउन के के कुरोमा ध्यान दिनु पर्ने बारे पनि विस्तृत जानकारी राखे। सभा पछि पत्रकारसितको जानकारी दिने क्रममा सचिव निर्मल गुरुङले प्रति वर्ष झै यस वर्ष पनि अण्डर १४ बोयज लिग र गर्ल्स ओपन नक आउट प्रतियोगिता यहाँको मन्टीभीयट खेल मैदानमा आगामी १९ तारीख सेप्टेम्वर देखि हुने र गर्ल्स ओपन को विजेता अनि उप विजेता दल लाई गोथलस साईदिङ्का सार्की परिवारको तर्फबाट नगद राशि पनि दिने बताए। साथै यस वर्ष देखि पुन संघले अन्तर कार्यालय लीग फुटबल प्रतियोगिता खेलाउने र यसको निम्ति पत्राचार पनि गरियो र यसलाई अन्तिम रूप दिन आगामी ९ तारीख सेप्टेम्वर मा कार्यालय का प्रतिनिधिहरुसित नियमवाली बारे चर्चा गरिने अनि उसै दिन सबैको अघि फिक्चर पनि ड्र गरिने जानकारी सचिव निर्मल गुरुङले दिएका छन्।





