मिरिक थानाको पहलमा रक्तदान शिविरको आयोजना

blood-donation-saves-the-lives-of-others_1480269857-1024x617.jpeg

मिरिक: आज मिरिक थानाको पहलमा आज रक्तदान शिविरको आयोजना गरियो। इस्लामपुरको सिस्टर एन्ड ब्रदर्स सहयोगितामा आयोजना गरिएको यस रक्तदान शिविरमा विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधिहरू, पुलिस कर्मीहरू लगायत सञ्चारकर्मीहरूले पनि रक्तदान गरे। यस शिविरमा संग्रह गरिएको रगत उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। पुलिस अनि जनतामाझ राम्रो सम्बन्ध कायम राख्ने साथै आवश्यक रोगीहरूलाई रगत उपलब्ध गराउने उद्देश्यले आज रक्तदान शिविरको आयोजना गरिएको एसडीपीओ रूद्धनारायण साव अनि मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासले बताए। उक्त शिविरमा रक्तदान गर्ने सबैलाई द्वयले आभार प्रकट गरे। मिरिक पुलिसले काली पुजा धुमधामको साथमा मनाउने जानकारी गराउँदै द्वयले भोलि २४ अक्टोबरमा काली पुजा साथै भजन कीर्तन अनि ड्रग्स विरुद्ध सचेतना कार्यक्रम गरिने बताए। मिरिकवासीलाई तिहारको शुभकामना दिँदै शान्तिपूर्ण ढङ्गमा तिहार पर्व पालन गर्ने साथै पटेकाहरूको प्रयोग नगर्ने तिनीहरूले सबैसित अपील पनि गरे। उक्त शिविरमा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, एसडीपीओ रूद्धनारयण साव, मिरिक थाना प्रभारी सुदीप्त देवनाथ आदि उपस्थित थिए।

About Author

Advertisement