नवजात शिशुको शव भेट्दा स्तब्ध

IMG_20221023_210333.jpg

अलिपुरद्वार: जिल्लाको फलकाटा ब्लकको नम्बर एक ग्राम पञ्चायत जटेश्वरको दलगाउँ बस्तीको बाँध नजिकैको क्षेत्रबाट आइतबार दिउँसो एक नवजात शिशुको शव फेला परेको छ। यो घटनाको जानकारी हुनासाथ इलाकामा तरंग छायो। घटनास्थलमा ठूलो संख्यामा मानिसहरु पुगेका थिए। खबर पाएलगत्तै जटेश्वर आउट पोस्टको प्रहरी घटनास्थलमा पुगेर स्थितिको जानकारी लिएको थियो। प्रहरी स्रोतका अनुसार नवजात शिशुको शव कहाँबाट आयो भन्ने खुल्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement