गलत उपचारका कारण युवकको मृत्यु

5079.jpg

नक्कली डाक्टरलाई पक्राउ

सिलगढी: गलत उपचारका कारण एक युवकको मृत्यु भएको आरोपमा सिलगढी थाना अन्तर्गत खलपारा आउट पोस्टको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति नक्कली डाक्टर रहेको बताइएको छ। पक्राउ पर्नेमा जलेश्वर सिंह रहेको प्रहरीले जनाएको छ। विगत केही महिनादेखि यी व्यक्तिले सन्तोषीनगर क्षेत्रमा अवैध चेम्बर खोलेर उपचारको नाममा बिरामीलाई ठगी गर्दै आएका थिए ।प्रहरी स्रोतका अनुसार यही महिनाको २ तारिखमा एक स्थानीय युवकको पेट दुख्न थालेपछि परिवारका सदस्यले उनलाई उपचारका लागि डाक्टरकहाँ लगेका थिए भने त्यसबेला बिरामीलाई केही गलत औषधि खुवाइएको बताइएको छ। जसका कारण ती युवक निको हुनुको सट्टा असह्य पीडाले कराउन थाले। भोलिपल्ट युवकको मृत्यु भयो। उनी चालू शैक्षिक वर्षमा सूर्यसेन कलेज, सिलगढीको तेस्रो वर्षका विद्यार्थी थिए.उपचारका क्रममा जबरजस्ती चार बोतल सलाइन खुवाउँदा युवकको स्वास्थ्य बिग्रन थालेको परिवारका सदस्यले बताएका छन्। घटनापछि आफन्तले आरोपित चिकित्सकविरुद्ध शनिबार खाल्पारा आउट पोस्टमा लिखित उजुरी दिएका थिए। उजुरीमा डाक्टर नक्कली भनिएको छ। मृतकका आफन्तले दिएको लिखित उजुरीका आधारमा खाल्परा आउट पोस्टको प्रहरीले डाक्टरलाई पक्राउ गरेको हो। आइतबार उनलाई सिलगढी अदालतमा पठाइएको थियो। प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement